12 Jun 2026, Fri

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यलाई बोल्न ३ मिनेट समय

पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज ११ बजेदेखि बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितीका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्।

 प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ।

सचिवालय,स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरुले मात्र आजको बैठकमा बोल्ने अवसर पाउने गौतमले जानकारी दिए।

सचिवालय,स्थायी कमिटी र पोलिटब्युरोबाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्। बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरुले धारणा राख्ने समय लिएमा पर्सीसम्म लम्बिने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।

 पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ।

उपाध्यक्ष पौडेलले विधान यी विषयहरु पनि समेटेर केन्द्रीय कमिटीम प्रस्तुत गर्ने गौतमले जानकारी दिए। केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ।

मातहतका कमिटीबाट आएका सुझावहरुलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए।

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन गरिने तय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *