नेपालमा चुनाव नजिकिँदै जाँदा सामाजिक सञ्जालमा AI (कृत्रिम बुद्धिमत्ता) बाट बनाइएका तस्बिरहरू व्यापक रूपमा फैलिन थालेका छन्। नेताहरूको नक्कली फोटो, भीड बढाइचढाइ गरेर देखाइएका सभा, वा कहिल्यै नभएका घटनाका दृश्यहरू प्रयोग गरेर मतदातालाई भ्रममा पार्ने प्रयास तीव्र बन्दै गएको छ।
विशेषज्ञहरूका अनुसार अब “फोटो देखियो भने विश्वास गरिहाल्ने” समय सकिएको छ। AI तस्बिरहरू यति यथार्थपरक बनेका छन् कि सामान्य प्रयोगकर्ताले पनि केही आधारभूत संकेत हेरेर नक्कली र वास्तविक छुट्याउन सक्नुपर्छ।
AI-generated फोटो पहिचान गर्ने केही उपायहरू:
- अनुहार र आँखामा ध्यान दिनुहोस्
आँखाको आकार, दिशा वा चमक अस्वाभाविक देखिएमा शंका गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ दुवै आँखाको आकार समान हुँदैन। - हात र औंलाहरू जाँच गर्नुहोस्
AI ले बनाएका तस्बिरमा औंलाहरू धेरै, कम, टेढा वा आपसमा मिसिएका देखिन सक्छन्। - पृष्ठभूमि (Background) हेर्नुहोस्
भीड, झण्डा, अक्षर वा भवनहरू धमिलो, बांगोटिंगो वा अर्थ नलाग्ने देखिए भने त्यो AI को संकेत हुन सक्छ। - छाया र प्रकाश अस्वाभाविक छ कि छैन?
मानिसको अनुहार र शरीरमा परेको प्रकाश र छायाँ वातावरणसँग नमिल्दा फोटो नक्कली हुनसक्छ। - तस्बिरको स्रोत जाँच गर्नुहोस्
आधिकारिक मिडिया, नेताको verified अकाउन्ट वा विश्वासिलो स्रोतबाट आएको हो कि होइन भन्ने हेर्नु जरुरी छ। - Reverse Image Search प्रयोग गर्नुहोस्
Google वा अन्य टुल प्रयोग गरेर तस्बिर पहिले कहिले, कहाँ प्रयोग भएको थियो भनेर जाँच्न सकिन्छ।
चुनाव लोकतन्त्रको आधार हो। गलत सूचना, नक्कली फोटो र AI-प्रचारले मतदाताको निर्णयमा गम्भीर असर पार्न सक्छ। त्यसैले सेयर गर्नु अघि एकपटक सोच्ने, जाँच गर्ने र जिम्मेवार बन्ने दायित्व हरेक नागरिकको हो।

