पूर्वगृहमन्त्री रमेश लेखकले अनुसन्धान आयोगसमक्ष उपस्थित भई आफ्नो बयान दिने बताएका छन्।
बिहीबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको आयोगले आफूलाई जानकारी लिन बोलाएको बताए।
उनका अनुसार आयोगले शुक्रबार उपस्थित हुन अनुरोध गरेको थियो तर आफूले सोमबार उपस्थित हुने जानकारी गराइसकेको बताए। “म आयोगमा जाने निर्णयमा पुगेको छु। सोमबार १४ गते उपस्थित हुन्छु,” लेखकले भने।
घटनाको अनुसन्धान प्रक्रिया अघि बढिरहेको अवस्थामा पूर्वगृहमन्त्री लेखकको बयानलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

