18 Feb 2026, Wed

बागलुङमा स्कुल बस दुर्घटना, ४ जना विद्यार्थीको अवस्था गम्भीर

बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा २६ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटना बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै भएको हो।

बागलुङ बजारबाट मध्यपहाडी राजमार्गतर्फ जाँदै गरेको ग ३ च ८६२१ नम्बरको विद्यालय भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ। दुर्घटनापछि घाइते सबै विद्यार्थीलाई तत्काल उद्धार गरी धौलागिरि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएका २६ विद्यार्थीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। अन्य विद्यार्थीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उपचार जारी रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *