काठमाडौँ । सिन्धुली जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर २ अब चुनावी प्रतिस्पर्धा मात्र होइन, राजनीतिक चरित्रको सार्वजनिक परीक्षण बनेको छ। यो भिडन्त भातखौरे पार्टी डुल्दै हिड्ने अवसरवादी चरुवा राजनीति र जिल्लामै जरा गाडेर जनताको साथमा उभिएको दृढ संन्कल्पित अडानबीचको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल (राजन) र एमालेका नेता मनोज जङ्ग थापाबीचको यो चुनाव अब नारा र पोस्टरको खेलमात्रै रहेन। यो निर्णय सिन्धुलीले कस्तो नेता चाहन्छ भन्ने हो। थापा हिजो माओवादी, बैद्य, नेकपा, बादल एमाले हुदै जहाँ सत्ता, उतै पाइलाटेक्दै नेतृत्वलाई मञ्चबाट सराप्ने, तर बन्द कोठाभित्र कोटा र कृपाको टिकट लिन हात थाप्ने दोहोर अनुहारको राजनीति अब सिन्धुलीका जनताका लागि नयाँ होइन, झर्को लाग्दो भइसकेको छ।
चुनाव आउँदा मात्रै जिल्ला छिर्ने, भाषण सकिएपछि सिन्धुली छाड्ने नेता थापा हुन् भने राजन दाहाल चुनावमा मात्र होइन, आपतमा पनि जिल्लामै भेटिने नेता हुन्। सत्ता होइन, समाज सेवा राजनीतिकाे सार हो भन्ने मान्यता बोकेका, आवश्यक पर्दा आफ्नै नेतृत्वसँग पनि आँखा जुधाउन सक्ने सतिसाल जस्ता नेता हुन दाहाल।
स्थानीय तहका नागरिक र राजनीतिक विश्लेषकहरू स्पष्ट भन्छन् “नेतृत्वलाई गाली गरेर टिकट झिक्ने नेता होइन, नेतृत्वलाई सही बाटोमा राख्न सक्ने नेता चाहिन्छ।” सिन्धुली अब ‘कोटा राजनीति’ बाट वाक्क छ। यहाँ प्रश्न यस्तो छ,गाली गरेर सत्ताको ढोका ढकढक्याउने नेता रोज्ने कि, जनताको पीडामा उभिएर राष्ट्र बनाउने अडान रोज्ने ? जिल्लाबासीहरूको मत एकतर्फी बन्दै गएको छ। हावा,पानी, जनता र जमिन बुझेको नेतृत्व भएकाले दाहालको जित केवल सम्भावना होइन, राजनीतिक यथार्थ बन्दै गएको स्थानीयहरूको दाबी छ।
यो चुनाव जित,हारको अंकगणित होइन,
यो सिन्धुलीले चरुवा राजनीति अस्वीकार गरेको घोषणापत्र बन्ने संकेत देखिएको छ।

