रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–७, सेन्टर पार्क होटलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट बालक घाइते भएका छन् ।
टाँडीबाट बछौली चोकतर्फ जाँदै गरेको बा ८२ प ८३७० नम्बरको मोटरसाइकलको ठक्करबाट बाटोमा हिँडिरहेको अवस्थामा रत्ननगर–७ बस्ने शिव चौधरीका ७ वर्षीय छोरी ऋतितिथि चौधरी घाइते भएकी हुन् ।
घाइते बालकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको छ भने उपचारमा निजका बुवा संलग्न रहेका छन् । मोटरसाइकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

