खैरहनी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा लगाइएको नक्कली शैक्षिक प्रमाणपत्रको गम्भीर आरोपबाट विशेष अदालतले पूर्ण सफाइ दिएको छ ।
गत बैशाख ३१ गते अख्तियारले शर्मा विरुद्ध विशेष अदालतमा रिट दायर गर्दै भारतको उत्तर प्रदेशबाट ल्याइएको प्रवीणता प्रमाणपत्र (आइएस्सी) नक्कली भएको दाबी गरेको थियो। आयोगको दाबी अनुसार शर्मा नक्कली शैक्षिक योग्यताका आधारमा सरकारी पदमा कार्यरत रहेका थिए ।
तर विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलासले आइतबार (असार २९) को सुनुवाइपछि आयोगको आरोप पुष्टि गर्न कुनै ठोस प्रमाण नपुगेको निष्कर्षसहित शर्मालाई सफाइ दिएको हो।शर्मा २०८० साल बैशाखदेखि चितवनको खैरहनी नगरपालिका–६ मा रहेको खैरहनी माध्यमिक विद्यालयमा मा वि द्वितीय श्रेणीको शिक्षकबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए।विशेष अदालतको यो फैसलासँगै शर्मा पुनः प्रधानाध्यापक पदमा फर्किएका छन।
विद्यालय प्रशासन, शिक्षक र स्थानीय समुदायबीच यो निर्णयले राहत र सन्तोषको भावना सिर्जना गरेको छ।

