काठमाडौँ -एक्कासी त्रिशुली नदीमा आएको बाढीले फसेका दुई जनाको सकुशल उद्धार भएको छ। नुवाकोटको विदुर नगरपालिका ९ इन्द्रेणीघाट स्थित त्रिशुली नदीमा फसेका दम्पतिको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।फसेका दम्पति बिहान ५ बजे दाउरा निकाल्नको लागि त्रिशुलीको किनारमा गएका थिए। एक्कासी बाढी बढ्दै गएपछि दुवैजना रुखमा चढेर उद्धारको पर्खाइमा थिए। केही समयको पर्खाइपछि सेनाको हेलिकप्टर आएर उनीहरूलाई उद्धार गरेको हो।
news with Facts.

