चर्चित गायक दुर्गेश थापा अस्ट्रेलिया टुरमा जाँदै छन् ।उनी विभिन्न सांगितिक प्रस्तुतिका लागि अष्ट्रेलिया जान लागेका हुन् ।
हालै नेपालमा हेलिकप्टर चढेर सम्झौता गरिएको आयोजक द नेप्स ब्रिजवेनका अरुण तिवारीले जानकारी दिए ।
‘अस्ट्रेलिया टुर २०२५’ मार्फत थापाले जुलाई १४ देखी अगस्ट ८ सम्म अस्ट्रेलियाका नौ शहरमा प्रस्तुति दिने कार्यक्रम रहेको छ।
टुरका लागि करिब तीन करोड खर्च हुने अनुमान गरिएको आयोजक टिमले जानकारी दिएको छ । दुर्गेशले १४ जुलाईमा ब्रिजवेन, १७ जुलाईमा होबार्ट, २० जुलाईमा पर्थ र २३ जुलाई मा न्युकासलमा शो गर्ने कार्यक्रम छ । त्यस्तै २५ जुलाईमा क्यानबेरा, २७ जुलाई सिड्नी, १ अगस्टमा डार्बिन, ४ अगस्टमा मेलबर्न र ८ अगस्टमा एडिलेडमा प्रस्तुति दिनेछन् ।
news with Facts.

