28 Oct 2025, Tue

चक्रे मिलनसहित ४७ जनालाई किन समात्यो प्रहरीले?

चक्रे मिलनसहित ४७ जनालाई किन समात्यो प्रहरीले?

काठमाडौंको ठमेल लगायतका क्षेत्रमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल र महाराजगंज क्षेत्रमा संयुक्त रूपमा अपरेसन चलाएर गएराति ४७ जनालाई नियन्त्रणमा लिएको हो।

काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार प्रहरीले नियन्त्रणमा लिएको सूचीमा ‘चक्रे मिलन’ पनि छन्।

केही दिनअघि एउटा होटलमा चक्रे मिलनको बर्थडे मनाइरहेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। 

‘सबैलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने।

नियन्त्रणमा लिइएकाहरूलाई विभिन्न युनिटहरूमा राखेर सोधपुछ भइरहेको एसपी चन्दले जानकारी दिए। 

‘अहिले सोधपुछ र स्क्रिनिङ भइरहेको छ,’ उनले भने। 

प्रहरीले उनीहरूको आपराधिक पृष्ठभूमि, पछिल्लो समय भएका आपराधिक गतिविधि र त्यसमा संलग्नताबारे पनि अनुसन्धान गर्छ।
एसपी चन्दका अनुसार प्रहरीले दैनिकजसो नै यस्ता अपरेसनहरू चलाउँछ। तर गएराति भने  अरू दिनको तुलनामा धेरैलाई नियन्त्रणमा लिइएको उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *