नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका-११ हर्कपुरमा रहेको बगैँचा एडभेन्चर रिसोर्टमा बुधबार भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो आगलागी भएको छ।
आगलागीपछि घटनास्थलमा भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
आगलागीको कारण र जान धन क्षतिको विवरण यकिन भइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान १० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

