26 Apr 2026, Sun

एलिनाले ल्याइन् मनै रुवाउने तीज गीत छोरीको शिर आमा (भिडियोसहित)


प्रायजसो बोल्ड किसिमका गीत गाएर चर्चामा आउने गायिका एलिना चौहानले यसपालि भने मनै रुवाउने तीज गीत बजारमा ल्याएकी छिन्। छोरीको शिर आमा भन्ने बोलको उक्त गीतको भिडियो सोमबार एलिना चौहान युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। एलिना चौहानको स्वर रहेको उक्त गीतको शब्द संगीत प्रेम सापकोटा सोनुले गरेका छन् भने संगीत संयोजन हेमन्त शिशिरले गरेका छन्। स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय रहेको उक्त गीत तरङ्ग डिजिटल स्टुडियोमा रेकर्डिङ भएको हो भने अडियो इडिटिङ रुबिन मगरले गरेका हुन्। जय देवकोटाको मिक्सिङ रहेको उक्त गीतको निर्देशन जेरी भण्डारीले गरेका हुन्। हेर्नुहोस् उक्त गीतको भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *