28 May 2026, Thu

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

१९ साउन, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । जलवीरे नजिकै खसेको पहिरो पन्छाइएसँगै सडकमा दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार दिउँसो २ बजेतिर पहिरो खस्दा आवागमन एकतर्फी सञ्चालन गरिएको थियो ।

मेसिन परिचालन गरी पहिरो हटाई हाल आवागमन दुवैतर्फ सञ्चालन भैसकेको र यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएको हुनाले जानकारी लिएर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *