भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१० स्थित भरतपुर अस्पतालको प्राङ्गणभित्र रहेको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको ज्यान गएको छ ।
सोमबार दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरको ५ वर्षीय छोरी अन्जना मगर खेल्नेक्रममा अचानक सेफ्टी ट्याङ्कीमा खसेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते बालिकाको तत्काल उद्धार गरी सोही अस्पतालमा उपचार भइरहेकोमा मंगलबार ६ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

