28 Oct 2025, Tue

सुर्खेतमा फेला पर्‍यो टिपरसहित खसेका चालकको शव

sharethis sharing button

रूकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये एक जनाको शव सुर्खेतमा फेला परेको छ। 

टिपरका चालक मनिराम चौधरीको शव शुक्रबार दिउँसो सुर्खेतको भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा फेला परेको हो।

चौधरीको घर दाङको कुन ठाउँ हो भन्ने खुलिसकेको छैन। 

रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टले चालकको शव झन्डै ६० किलोमिटर भन्दा टाढा सुर्खेतमा फेला परेको बताए। 

साउन ६ गते बेलुका उक्त दुर्घटनामा परेकामध्ये दुई जना रूकुम पश्चिम सानीभेरी गाउँपालिका–३ का धनवीर बराइली र रूकुम पूर्वको सिस्ने गाउँपालिका–८ स्यालापाखाका  हरि विकको अवस्था हालसम्म अज्ञात छ। 

रूकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा साउन ६ गते बेलुका पौने ८ बजेतिर रा १ क १५०१ नम्बरको टिपरसहित तीन जना भेरी नदीमा खसेका थिए।  

टिपर जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट वडा नं. १४ को छेपारेतर्फ जाँदै थियो।

टिपर भने बुधबार बेलुकी खसेको ठाउँभन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको थियो। 

भेरी नदीमा पानीको बहाब बढेका  कारण  खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ।

रूकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरूको खोजी गरिहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *