27 Oct 2025, Mon

संयुक्त राष्ट्रसंघको निर्णय : शान्ति मिसनमा २५ प्रतिशत कटौती, नेपालको भूमिका यथावत

काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) ले बजेट अभावका कारण विश्वभर सञ्चालनमा रहेका शान्ति मिसनहरूमा खटाइएका सेनाको संख्या २५ प्रतिशतले घटाउने निर्णय गरेको छ। यो निर्णयले विश्वका सबै सदस्य राष्ट्रलाई प्रभावित गर्ने बताइएको छ।

यूएनको हालको आर्थिक अवस्थाले गर्दा यस किसिमको कदम चाल्नुपर्ने आवश्यकता परेको बताइए पनि, नेपाल भने यसबाट विशेष रूपमा प्रभावित नहुने स्पष्ट भएको छ।

नेपाली सेनाका अनुसार, सैनिक संख्यामा केही कमी भए पनि नेपालको उपस्थिति र योगदानमा कुनै असर पर्ने छैन। नेपाली शान्ति सैनिकहरूले विगतदेखि नै विश्वका द्वन्द्वरत क्षेत्रहरूमा साहस, अनुशासन र व्यावसायिकताको उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा उच्च सम्मान कमाएका छन्।

हाल नेपाल संयुक्त राष्ट्रसंघका शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने शीर्ष राष्ट्रमध्ये एक हो।

नेपाली सेनाले जनाएको छ कि नेपालको योगदान गुणात्मक रूपमा अझ सुदृढ बनाउने तयारी भइरहेको छ, जसले नेपालको पहिचानलाई अझ प्रतिष्ठित बनाउनेछ।

विश्लेषकहरूका अनुसार, यूएनको यो कदमले विश्व शान्ति मिसनको कार्यक्षमता केही हदसम्म प्रभावित गर्न सक्ने भए पनि नेपालजस्ता अनुभवी राष्ट्रहरूको निरन्तर सहभागिताले मिशनहरूको प्रभावकारिता कायम रहने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *