27 Oct 2025, Mon

माइतीघरबाट सुरू भयो जेनजीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ।

सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन सुरू गरेका हुन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्। 

प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए। माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ। 

प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन्। प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने भनिएको छ। 

काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ। 

उनीहरूको प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछाने लगायतले ऐक्यबद्धता जनाएका छन्। 

तस्बिरहरूः

gen-z-(6)-ink-1757303325.jpeg
gen-z-(3)-ink-1757303324.jpeg
gen-z-(4)-ink-1757303324.jpeg
gen-z-(2)-ink-1757303323.jpeg
gen-z-(1)-ink-1757303323.jpeg
gen-z-(5)-ink-1757303324.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *