बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन्।
मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आइतबार पदबाट राजीनामा दिएका थिए।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आह्वान गरेका थिए।
कांग्रेस सांसद बानियाँले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

