काठमाडौँ, – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नागरिकहरूसँग सिधै जोडिने उद्देश्यले मेसेजिङ एप्लिकेसन भाइबरमा आफ्नो आधिकारिक च्यानल सञ्चालनमा ल्याएका छन्। यस च्यानल मार्फत उनी आफ्ना नीतिगत अपडेट, सरकारी योजनाहरू तथा अन्य महत्वपूर्ण सूचनाहरू साझा गर्नेछन्।
भर्खरै सुरु भएको यस च्यानलमा पहिलो घण्टामै १३७ जना सदस्य जोडिएका छन्। प्रधानमन्त्रीको यो पहलले सरकार र जनताबीचको सीधा सम्पर्क बढाउने अपेक्षा गरिएको छ।
यहाँ क्लिक गरेर प्रधानमन्त्री ओलीको भाइबर च्यानलमा आबद्ध हुन सकिनेछ ।
यस च्यानल मार्फत नागरिकहरूले प्रधानमन्त्रीको कार्यक्रम, नीतिगत निर्णय तथा अन्य आधिकारिक सूचनाहरू प्राप्त गर्न सक्नेछन्।

