28 Oct 2025, Tue

नेपाल विद्युत प्राधिकरण गम्भीर आर्थिक संकटमा, २० अर्बको बॉण्ड र १० अर्बको ऋण लिँदै

नेपाल विद्युत प्राधिकरण (NEA) अहिले गम्भीर नगद प्रवाह (Cash Flow) संकटको सामना गरिरहेको छ। दैनिक खर्च व्यवस्थापनमै कठिनाइ भइरहेको भन्दै प्राधिकरणले आर्थिक सन्तुलन कायम गर्न २० अर्ब रुपैयाँको बॉण्ड जारी गर्ने तयारी गरेको छ। साथै, तत्कालको नगद अभाव हटाउनका लागि १० अर्ब रुपैयाँको छोटो अवधिको ऋण लिने प्रक्रिया पनि अघि बढाइएको छ।

कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार हाल प्राधिकरणको कुल दायित्व १४ अर्ब रुपैयाँ नाघिसकेको छ। उता ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक स्वीकृति समेत प्राप्त भइसकेको छ।यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले NEA नाफामा रहेको भन्दै गर्वका साथ रिपोर्ट प्रस्तुत गर्दै आएका थिए।

तर हालको नेतृत्वले संस्था गम्भीर आर्थिक संकटमा परेको भन्दै ऋण तथा बॉण्डमार्फत नगद जुटाउने रणनीति अपनाएको जनाएको छ।प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीको स्तरोन्नति तथा भौतिक पूर्वाधार विस्तारका लागि व्यापक लगानी आवश्यक परेको बताउँदैछ। यद्यपि, लगातार बढ्दो घाटा र नगद अभावले सन्तुलन कायम गर्न चुनौती थपिएको देखिन्छ।अबको दिनमा NEA को आर्थिक पुनर्संरचना, पारदर्शिता र व्यवस्थापन सुधार प्रमुख चुनौतीको रूपमा उभिएको छ।#NEA #CashCrisis #NepalElectricityAuthority #BondIssue

Leave a Reply

Your email address will not be published. Required fields are marked *