1 Apr 2026, Wed

नेपाल वायु सेवा निगमद्वारा निष्क्रिय कर्मचारी कटौती, छ जनाको सेवा समाप्त

नेपाल वायु सेवा निगमले काममा निष्क्रिय रहेका करार तथा मासिक ज्यालादारी कर्मचारीलाई बिदा गर्ने निर्णय गरेको छ। निगमले उडान सञ्चालनमा नरहेका वा सीमित उडान भइरहेका आन्तरिक स्टेसनहरूमा कर्मचारी संख्या घटाउने नीति अवलम्बन गरेको हो।

प्रवक्ता अनिल घिमिरेका अनुसार मंगलबारदेखि छ जना करार र मासिक ज्यालादारी कर्मचारीको सेवा अवधि समाप्त गरिएको छ। उनका अनुसार यो कदम निगमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, बदलिँदो परिस्थितिलाई सम्बोधन गर्न र आर्थिक भार घटाउन लिइएको सुधारात्मक निर्णय हो।

व्यवस्थापनले आगामी दिनमा आवश्यकता र उडान संख्याका आधारमा थप कर्मचारी कटौती गर्न सकिने संकेत पनि गरेको छ।

#NepalAirlines #EmployeeCut #NepalAviation #AnilGhimire #NepalNews #UtsukOnline

Leave a Reply

Your email address will not be published. Required fields are marked *