28 Oct 2025, Tue

नेपाल प्रहरीका यी ६ वेबसाइट र मोबाइल एप, जुन चलाउन फोनमा चाहिँदैन ब्यालेन्स

काठमाडौँ । नेपाल प्रहरीका केही वेबसाइट र मोबाइल एपहरू सिमकार्डमा ब्यालेन्स नभए पनि चलाउन सकिन्छ । नेपाल प्रहरीका ६ ओटा डोमेन तथा सब-डोमेनहरू शून्य ब्यालेन्समै नि:शुल्क एक्सेस गर्न सकिने सुविधा उपलब्ध गराइएको हो ।

नेपाल टेलिकम र एनसेलका मोबाइल प्रयोगकर्ताले प्रहरीका अनलाइन सेवाहरू प्रयोग गर्दा डेटा शुल्क लाग्दैन । सिममा ब्यालेन्स नहुँदा वा कुनै इन्टरनेट प्याकेज सक्रिय नभए पनि यी वेबसाइट र एपहरू सजिलै खोल्न सकिन्छ । साथै, प्याकेजमा रहेको डेटा पनि प्रयोग हुँदैन ।

नेपाल प्रहरीको आधिकारिक वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली, नेपाल प्रहरी मोबाइल एप, हराएका कागजातसम्बन्धी आवेदन, हराएका सवारीसाधन सम्बन्धी आवेदन र अनलाइन भर्ना छनोट प्रणालीका वेबसाइट र एप चलाउन सिमकार्डमा ब्यालेन्स नभए पनि चलाउन सकिन्छ ।

यी वेबसाइट र मोबाइल एप चलाउन चाहिँदैन ब्यालेन्स:

१. नेपाल प्रहरीको आधिकारिक वेबसाइट (nepalpolice.gov.np)
२. अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली (opcr.nepalpolice.gov.np)
३. नेपाल प्रहरी मोबाइल एप
४. हराएका कागजात सम्बन्धी आवेदन (idims.nepalpolice.gov.np
५. हराएका सवारी साधन सम्बन्धी आवेदन ( I vims.nepalpolice.gov.np
६. अनलाइन भर्ना छनोट प्रणाली (careers.nepalpolice.gov.np)

Leave a Reply

Your email address will not be published. Required fields are marked *