27 Oct 2025, Mon

दले दाइ’ टेलिसिरियलमा ‘जेनजी आन्दोलन’को यथार्थ कथा उजागर (भिडियोसहित)

daley dai new teleserial

काठमाडौं । नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’का घटनाहरूलाई केन्द्रमा राख्दै निर्देशक दिपक शर्माले टेलिसिरियल ‘दले दाइ’ दर्शकसमक्ष ल्याएका छन्। सामाजिक तथा राजनीतिक यथार्थलाई रोचक तर गम्भीर ढंगले प्रस्तुत गरिएको यो सिरियल अमलाचौर मिडिया नेटवर्कद्वारा निर्माण गरिएको हो।

सिरियलमा आन्दोलनको प्रभाव, नेताहरूमाथि भएका आक्रमण, घर र सरकारी भवनमा लागेको आगजनीजस्ता संवेदनशील घटनाहरूलाई यथार्थपरक रूपमा देखाइएको छ। निर्देशक, लेखक तथा निर्माता दिपक शर्माको प्रस्तुति रहेको ‘दले दाइ’ले नेपाली समाजमा बढ्दो दलाली प्रथा र विदेशिन बाध्य नेपालीहरूले भोगेका दुःखलाई चित्रण गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, दिपक शर्मा, रामचन्द्र अधिकारी, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने,बल बहादुर घताने शिवकुमार महत, कमला भण्डारी, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा, माधव प्रसाद जोशी,सिद्द राज जोशी,किशोर प्रसाद जोशी,अच्युत बुढाथोकी,पुस्कर अर्याल, र राजु खनाल लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

सोमबारदेखि नियमित रूपमा प्रसारण हुँदै आएको यो टेलिसिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन्। निर्देशक शर्माका अनुसार ‘दले दाइ’ युट्युब च्यानलमार्फत दर्शकले सहजै हेर्न सक्छन्।

सिरियलको छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, र सम्पादन उपेश कोईरालाले गरेका छन्। शीर्ष गीतमा खड्ग गन्धर्वको संगीतसरु पौडेलको शब्द रहेको छ भने श्वर शशी विक्रम थापा र भान्छा ब्यबस्थापन भने सुर्य बहादुर कुमाल रहेका छन्।

‘दले दाइ’ले नेपाली समाजका समसामयिक राजनीतिक घटनाक्रम र सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्य बोकेको निर्माण टोलीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *