काठमाडौं –काठमाडौं शहर जीवनको व्यंग्यमय कथा बोकेको सिरियल ‘दले दाइ’ को पहिलो भाग सार्वजनिक भएको छ । निर्देशक दीपक शर्माको निर्देशनमा तयार यो सिरियलले रिलिज भएलगत्तै दर्शकमाझ ठूलो चर्चा बटुल्दै अपार सफलताको स्वाद चाखेको छ।
‘दले दाइ’ मा देखाइएको पात्र — जसले आफूलाई “जे पनि मिलाइदिन्छु” भन्ने शैलीमा राख्दछ । दले दाइको कथाले दर्शकलाई निकै छोएको छ। सिरियलमा घर भाडा मिलाउनेदेखि जागिर खुवाउने, सिफारिस बनाउनेदेखि शहर जीवनका साना–ठूला समस्या समाधान गर्ने दले दाइको भूमिकाले हाँसो र व्यंग्य दुवै भरपुर दिएको दर्शक प्रतिक्रिया आएको छ।
रिलिज भएको केही घण्टामै सामाजिक सञ्जालमा ‘दले दाइ’ का दृश्यहरू भाइरल बनेका छन्। धेरैले यो पात्र शहर जीवनको वास्तविकता झल्काउने भन्दै प्रशंसा गरेका छन् भने केहीले यसलाई “समाजको ऐना” को रूपमा व्याख्या गरेका छन्।
निर्देशक दीपक शर्मा भन्छन् :
“हाम्रो पहिलो प्रयासमै दर्शकले यति धेरै माया दिनु भएकोमा हामी अभिभूत छौं। ‘दले दाइ’ पात्र हाँसो मात्र होइन, समाजको गहिरो व्यंग्य पनि हो भन्ने कुरा दर्शकले अनुभव गर्नुभएको छ।”
सिरियल अमलाचौर मिडिया नेटवर्क को ब्यानरमा निर्माण गरिएको हो। सिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन् भने छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, शीर्ष संगितको शब्द: सरु पौडेल, स्वर: शसि बिक्रम थापा तथा शीर्ष संगीत कम्पोज, ऐरेन्ज र ब्याकग्राउण्ड म्यूजिक भने खड्ग गन्धर्वले गरेका छन्।
निर्माण टिमका अनुसार सिरियलका आगामी भागहरू पनि छिट्टै सार्वजनिक गरिनेछन्।जसमा अहिले को अबस्था हनुरुप सुरु को ३ भाग १५ दिन मा आउनेछ भने तेसपछी हरेक हप्ता को सोमबार ७ः४५ मा दले दाईको आधिकारीक च्यानल बाट आउने छन ।

