28 Oct 2025, Tue

नेपाल र बंगलादेशबीच उपाधि भिडन्त आज साँझ, नेपाललाई जित अनिवार्य

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा आज साँझ नेपाली समयअनुसार ६:३० बजे नेपाल र बंगलादेशबीच उपाधिका लागि रोमाञ्चक भिडन्त हुँदैछ।

फुटबल प्रतियोगिताको फाइनल जस्तो बनेको यो खेलमा नेपालका लागि जित आवश्यक छ भने बंगलादेश बराबरीमा रोकिए पनि उपाधि उचाल्न सफल हुनेछ।

यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० ले पराजित गरेको थियो। यस्तै श्रीलंकालाई दुवै खेलमा समान ७-० ले हराएको थियो। बंगलादेशविरुद्धको खेलमा भने नेपाल ३-२ ले पराजित भएको थियो।

पाँचमध्ये चार खेलमा जित दर्ता गरेको नेपाल गोलअन्तरमा भने अगाडि छ। नेपाल हालसम्म ६ गोलको अग्रता बनाउँदै शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्दैछ। तर उपाधि जित्नका लागि आजको खेलमा नेपाललाई जित बाहेक अर्को विकल्प छैन।

दुवै टोली उत्कृष्ट प्रदर्शनका साथ मैदानमा उत्रँदा उपाधि कसले उचाल्ने भन्ने चासो निकै बढेको छ।

बंगलादेशविरूद्ध भने नेपाल ३-२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।

गोलअन्तरमा नेपाल अघि छ। नेपाल गोलअन्तरमा ६ गोलले अघि छ। त्यसैले नेपालका लागि उपाधि जित्न खेलमा जित नै चाहिने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *