28 Oct 2025, Tue

टेलिकमको मोबाइल डेटामा देखिएको गम्भीर समस्या विश्लेषण गर्दै एनटीए, परे अध्ययन समिति गठन हुने

मङ्गलबार १३ साउन, २०८२closeUnicodeEnglishमूल्य सूचीगृहपृष्ठनीतिटेलिकमइन्टरनेटग्याजेट्सस्टार्टअपसाइबर सुरक्षासामाजिक सञ्जालफ्याक्ट चेकएजुकेसनविचारडिजिटल पेमेन्टअटो टेकटिप्सबजारविचार/अन्तर्वार्ताप्रोफाइल स्टोरीविज्ञान प्रविधिशब्द ज्ञानगेमिङfacebook sharing buttonmessenger sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing buttonटेलिकमको मोबाइल डेटामा देखिएको गम्भीर समस्या विश्लेषण गर्दै एनटीए, परे अध्ययन समिति गठन हुनेटेलिकमको मोबाइल डेटामा देखिएको गम्भीर समस्या विश्लेषण गर्दै एनटीए, परे अध्ययन समिति गठन हुनेकाठमाडौँ । सोमबार दिउँसो नेपाल टेलिकमको डेटा सेवामा देखिएको समस्या गम्भीर भएको विश्लेषण गर्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुसन्धान अघि बढाएको छ । सोमबार नै प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले मातहतको अनुगमन महाशाखालाई के कारणले टेलिकमको सेवामा समस्या आएको हो भन्नेबारे आवश्यक खोजबिन गर्न सर्कुलर गरेका हुन् ।प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले सम्बन्धित शाखालाई टेलिकमको सेवामा देखिएको समस्याका विषयमा जाँचबुझ गर्न सर्कुलर भइसकेको जानकारी दिए ।“अत्यावश्यक सेवामा देखिएको समस्या के कारणले उत्पन्न भयो भन्नेबारे हामीले आन्तरिक रूपमा आफ्नो सम्बद्ध शाखालाई हेर्न भनिसकेका छौँ । उसले सोहीअनुसार काम अघि बढाइसकेको छ । त्यसपछि थाहा होला, समस्या के कारणले आएको रहेछ भनेर,” अर्यालले भने ।

प्राधिकरण नेतृत्व भने मातहतको महाशाखाबाट प्रारम्भिक ब्रिफिङ आएपछि अध्ययन समिति बनाएरै सोमबार टेलिकमको बिलिङ प्रणालीका कारण निम्तिएको गम्भीर समस्या जाँचबुझ गर्ने तयारीमा छ । बिलिङको कोर प्रणालीमा समस्या देखिएकाले प्राविधिकसहितको समिति बनाएर कारण पत्ता लगाउनुपर्नेमा प्राधिकरण छ ।टेलिकमको बिलिङ प्रणालीमा गम्भीर समस्या आउँदा डेटा सेवा सोमबार चार घण्टासम्म अवरुद्ध बनेको थियो । कम्पनीले फोरजी तथा भोल्टे सेवामा प्राविधिक समस्या आएको दाबी गरे पनि बिलिङ प्रणालीमा गम्भीर समस्या आउँदा दिउँसो पौने २ बजेदेखि करिब ६ बजेसम्म देशभर डेटा सेवा प्रभावित बनेको थियो ।बिलिङ प्रणालीमा समस्या आउँदा प्रयोगकर्ताहरूलाई टेलिकमको सर्टकोड १४१५ नम्बरबाट रिचार्ज गर्दा पाइने बोनस ‘एक्स्पायर्ड’ भएको भन्दै गलत एसएमएससमेत गएको थियो । कतिपय प्रयोगकर्ताले डेटा प्याक छँदै सकिएको मेसेज आएको भन्दै गुनासो गरेका थिए ।पौने २ बजेदेखि चल्न छोडेको मोबाइल डेटा के कारणले अवरुद्ध भयो भनेर सर्वसाधारण प्रयोगकर्तालाई दिउँसो ४:२६ बजे मात्रै कम्पनीले आधिकारिक फेसबुक पेजबाट जानकारी गराएको थियो ।टेलिकमले ‘थोत्रो’ बिलिङ प्रणाली प्रयोग गर्दा सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ । टेलिकमको बिलिङ प्रणाली खरिदको ठेक्का विवादित बन्दै आएको छ । पछिल्लो समय भ्रष्टाचारको मुद्दापछि नयाँ ठेक्का अलपत्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *