28 Oct 2025, Tue

जङ्गली हात्ती गोविन्देको आक्रमण बाट एक सेना घाइते

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।

सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ पैदल फर्कँदै गरेका ४ जना सैनिकसंग एक्कासि जम्काभेट हुँदा गोविन्देले आक्रमण गरेको थियो ।

सो क्रममा ३८ वर्षीय सैनिक हवल्दार नन्दबहादुर सिंह घाइते भएका हुन् ।

घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए । त्यसक्रममा सेनाले हवाई फायर गरेपछि हात्ती भागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *