28 Oct 2025, Tue

आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशलाई महाभियोग लगाउन एमाले सांसदको माग

सत्तारूढ दल नेकपा (एमाले)का सांसद किरणकुमार साहले रौतहटमा मानिसहरूलाई जिउँदै इँट्टाभट्टामा जलाएको घटनामा आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरूमाथि महाभियोग प्रक्रिया अगाडि लगाउनुपर्ने बताएका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले  जघन्य अपराधको घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका आफताव आलमको जन्मकैदको फैसला उल्ट्याउने  उच्च अदालत जनपुरका न्यायाधीशहरुमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउन माग गरेका हुन्। 

जिल्ला अदालतको जन्मकैदको फैसला उल्ट्याएर उच्चले गरेको फैसला अहिले जनमानस र सञ्चारमाध्यमहरूले राजनीतिक संरक्षणको परिणामका रूपमा ब्याख्या गरेको पनि उनले बताए। 

‘यदी सरकार साँच्चै स्वतन्त्र न्यायपाकिला चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च  अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ । यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै अफताव आलमलाई उपहारस्वरुप सफाई दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्थामा लोकतन्त्र र न्याय प्रणाली गम्भीर अपमान हो,’ उनले भने। 

उनले राजनीतिक भागबण्डामा न्यायधीशको नयिुक्ति तत्काल रोक्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *