1 Apr 2026, Wed

अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्रका लागि कसैले रकम मागे तत्काल १०० मा फोन गर्नुहोस्: प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र (Online Police Clearance Report) बनाउन कुनै पनि शुल्क नलाग्ने स्पष्ट पारेको छ । सेवाग्राहीका लागि एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमा गएर नि:शुल्क आवेदन दिन सकिने जनाएको हो ।

नेपाल प्रहरीको आधिकारिक वेबसाइट opcr.nepalpolice.gov.np मा गएर सेवाग्राहीले आवेदन दिन सक्नेछन् । प्रक्रिया पूरा भएपछि नि:शुल्क रूपमै चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कसैले यस सेवाका लागि आर्थिक लाभ लिन खोजेमा वा पैसा मागेमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० वा नजिकैको प्रहरी कार्यालयमा सूचना दिन समेत प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *