28 Oct 2025, Tue

अडियो मेरो होइन, चरित्र हत्या गर्न खोजियो : भूमि मन्त्री

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफू र आफ्नो मन्त्रालयसँग सरोकार नै नभएका व्यक्तिहरूले अडिओ सार्वजनिक गरेको बताउँदै चरित्र हत्या गर्न मात्रै खोजिएको दाबी गरेका छन्।

पोखराको बाटुलेचौरमा रहेको १३४ रोपनी जग्गा दर्ता गर्ने प्रयोजनका लागि सेटिङमा ३२ लाख रुपैयाँ मन्त्री अधिकारीले घुस लिएको भन्ने अडिओ सार्वजनिक भएको थियो।

बिहीबार मन्त्रालयले ‘आर्थिक वर्ष २०८१–२०८२ मा मन्त्रालयबाट भएका उपलब्धिहरुबारे जानकारी दिन’ भन्दै पत्रकार सम्मेलन आयोजना गरेको थियो।

मन्त्रालयले गरेका कामहरूबारे केहीबेर जानकारी दिएपछि अडिओ प्रकरणबारे मन्त्री अधिकारीले बोलेका थिए।

‘विभिन्न सञ्चारमाध्यमले केही अडिओ सार्वजनिक गर्नुभएको छ,’ मन्त्री अधिकारीले भने, ‘उक्त अडिओसँग संलग्न व्यक्तिहरू मन्त्रालय र मसँग सरोकार राख्ने व्यक्ति हुन् कि होइनन् यहाँहरूले पहिचान गर्नुपर्‍यो पहिला।’

अहिलेसम्म अडिओमा आएका व्यक्ति र प्रयोग भएको भाषाले पनि आफूहरूसँग सरोकार नै नराख्ने व्यक्तिहरू भएको मन्त्री अधिकारीको दाबी छ।

‘मेरो त्यहाँ शब्द छ कि छैन, मेरो भनाइ छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन यहाँहरू अडिओबाट प्रष्ट हुनुहुन्छ भन्ने लागिरहेकै छ,’ उनले भनेका छन्, ‘सञ्चारमाध्यममा उठाइएका कतिपय कुराहरू छन्। जग्गा जमिनसम्बन्धी पनि कुराहरू जोडिएको छ। तर अडिओमा मैले त जमिनको कुरा त सुनिनँ। तैपनि जग्गा सम्बन्धी र सरुवाका कुरा आउने गर्छ। सरूवा गर्ने कुरा मन्त्रालयको नियमित प्रक्रियाबाट पर्छ। आवश्यकताअनुसार उजुर आयो भने मन्त्रालयले तुरून्तै पनि सार्छ। कतिपय कर्मचारी अर्कै मन्त्रालयले पनि तान्छ।’

समेत जोडिएको भन्दै उनले असन्तोष प्रकट गरेका छन्।

‘मन्त्रीले नभएर छोरालाई समेत जोडिएको, जाँड खाएको मान्छेलाई भन कि भन भनेर पायो कि पाएन, मैले यस्तो पठाएको छु भन्न लगाइएको आरोप पनि उनले लगाएका छन्। कुनै त्यहाँ आफ्नो योजना पूरा गर्न खोजेका र अभिष्ट पूरा गर्न खोजेका व्यक्तिहरूले आफ्नो अभिष्ट पूरा भएन भन्ने हिसाबले मालपोत अधिकृतलाई फिर्ता गराउनका निम्ति यहाँ आएका थिए। मैले हुन्न भनेँ,’ उनको दाबी छ, ‘हुन्न, आफ्नो अभिष्ट पूरा हुन्न भनिसकेपछि यी कुराहरू बाहिर आए। किनभने मालपोत अधिकृत पुस महिना पहिल्यै सारिएको छ। अहिले अडिओ आउँछ। अनि यल्ले कुन नियतले ल्याइयो भन्ने प्रष्ट हुन्छ।’

उनले मालपोत अधिकृतले फर्काइदिनुस् नभनेकोसमेत दाबी गरे। ‘उहिलेका कुरा खुइले’ भने जसरी आफ्नो र परिवारसँग जोडेर चरित्र हत्या गर्न खोजिएको उनको दाबी छ। आफूले मागेको र गर्दिन्छु भनेको भेटिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *