28 Oct 2025, Tue

दीपक शर्माको नयाँ टेलिसिरियल ‘दले दाइ’ आउँदै

काठमाडौँ । कलाकार दीपक शर्माको नयाँ टेलिसिरियल ‘दले दाइ’ दर्शकमाझ आउने भएको छ। निर्देशक, लेखक तथा निर्माता स्वयं दीपक शर्मा रहेका यो सिरियलले देशमा जुनसुकै काम गर्दा पनि दलालको सहारा लिनुपर्ने बाध्यता र त्यसका कारण नेपालीहरू विदेशिन बाध्य हुनुपर्ने कथा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।

शर्माले जानकारी गराएअनुसार, सिरियलको पहिलो चरणको छायांकन शनिबार सम्पन्न भइसकेको छ र दशैंको अवसरमा युट्युबमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।

‘दले दाइ’ मा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, लक्ष्मी नाथ तिमिल्सिनी, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल,कमला भण्डारि, बलबहादुर घताने, स्वस्तिका लामिछाने, कैलाश अधिकारी ‘कैलु’, शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनाल लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।

सिरियल अमलाचौर मिडिया नेटवर्क को ब्यानरमा निर्माण गरिएको हो। सिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन् भने छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, सम्पादन दिवाकर चौधरी , शब्द सरु पौडेल, स्वर शसि बिक्रम थापा तथा शीर्ष संगीत कम्पोज, ऐरेन्ज र ब्याकग्राउण्ड म्यूजिक भने खड्ग गन्धर्वले गरेका छन्।

‘दले दाइ’ मार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथाको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयास गरिएको निर्माता शर्माले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *