28 Oct 2025, Tue

“दले दाइ” दोस्रो चरणको छायांकन सम्पन्न

काठमाडौं – नेपाली शहर जीवनको मार्मिक कथा बोकेको सिरियल “दले दाइ” को दोस्रो चरणको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। निर्देशक दीपक शर्माको निर्देशनमा तयार भइरहेको यो सिरियलले काठमाडौंमा बसोबास गर्ने एक दलालको जीवनलाई पर्दामा उतार्नेछ, जसले “जे पनि मिलाइदिन्छु” भन्ने सोच बोकेको हुन्छ।

“दले दाइ” त्यो पात्र हो जो कुनै पनि काम ‘म छु नि जे पनि मिलाइदिन्छु’ भन्ने शैलीमा गर्छ — घर भाडा मिलाउनेदेखि जागिर खुवाउने, सिफारिस बनाउनेदेखि समस्या समाधान गर्ने, सबै कामका लागि दले दाइ नै चाहिन्छ! यस्तो पात्रलाई हास्य, व्यंग्य र समाजको झल्कोका साथ देखाउने उद्देश्यले यो सिरियल तयार पारिएको हो।

निर्देशक दीपक शर्मा भन्छन्:
“हामीले यस्तो पात्र ल्याएका छौं, जो शहरको मुटुमा हुन्छ, सबैलाई चाहिने तर सबैले गुनासो गर्ने खालको। ‘दले दाइ’ केवल हास्य पात्र होइन, उसले हाम्रो समाजको वास्तविकता पनि देखाउँछ।”

‘दले दाइ’ मा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिनी, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल,कमला भण्डारी, बलबहादुर घताने, स्वस्तिका लामिछाने , शिवकुमार महत, सुमन बोहरा, अनुश भण्डारी, उत्सव लामिछाने, मिलन शर्मा र राजु खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

सिरियल अमलाचौर मिडिया नेटवर्क को ब्यानरमा निर्माण गरिएको हो। सिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन् भने छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, शीर्ष संगितको शब्द: सरु पौडेल, स्वर: शसि बिक्रम थापा तथा शीर्ष संगीत कम्पोज, ऐरेन्ज र ब्याकग्राउण्ड म्यूजिक भने खड्ग गन्धर्वले गरेका छन्।

सिरियलको दोस्रो चरणको छायांकन काठमाडौंका गल्ली, चोक र अफिसहरूको परिवेशमा गरिएको छ। सिरियल चाँडै नै डिजिटल प्लेटफर्म वा टेलिभिजनमार्फत सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *