28 Oct 2025, Tue

खण्डकाव्य ‘मुनामदन’: ८८ वर्षपछि नाट्य रुपान्तरणमा मञ्चन हुँदै

भरतपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा चर्चित अनि लोकप्रिय खण्डकाव्य हो ‘मुनामदन’ । नेपाली साहित्यको परिचय थप फराकिलो बनाउनका लागि मुनामदनले मह¤वपूर्ण भूमिका खेलेको मानिन्छ । लोकशैलीमा लेखिएको खण्डकाव्य विसं १९९६ मै प्रकाशन भएको कृति हो ।

आज आएर प्रकाशनको करिब ८८ वर्षपछि सोही कवितालाई आधार मानेर नाटक निर्माण भएको छ । पोखरा थिएटरले कर्मी चौतारी, तरङ्ग नाट्य समूह चितवनलगायतका संस्थाहरुसँगको सहकार्यमा नाट्य रुपान्तरण गरेर मञ्चन गर्न लागेको हो । चितवनको माडीमा मञ्चन गरिसकेको नाटकलाई आज बुधबार गैँडाकोटको दि नारायणी रिसोर्टमा प्रिमियर गर्न लागेको तरङ्ग नाट्य समूह चितवनका अध्यक्ष देवकुमार श्रेष्ठले बताए । माडीको प्रदर्शनले थप उत्साह जगाएको उनले बताए ।

विद्यालयमै नाट्य कलाबारे शिक्षण गराउन यस्ता गतिविधिले मह¤वपूर्ण भूमिका खेल्ने नाट्यकर्मीहरु बताउँछन् । पछिल्लो समय गायन, नृत्य तथा वाक्कलासम्बन्धी सिकाइ विद्यालयमै सञ्चालन हुँदै गर्दा नाटक (अभिनय)सम्बन्धी कक्षा सञ्चालन हुन नसकेको नाट्यकर्मी अञ्जान ढुङ्गाना बताउँछन् ।

त्यसपछि नियमित मञ्चन गर्ने तयारी गरिरहेको उनले बताए । शैक्षिक संस्थाहरुमा नाटकसम्बन्धी कक्षा सञ्चालन गर्नका लागि पनि यो कार्यक्रमले प्रोत्साहन मिल्ने उनले बताए । चितवन र नवलपुर क्षेत्रलाई समेट्ने गरी गैँडाकोटमा मञ्चन गर्न लागेको उनले बताए ।

चितवनमा सबैभन्दा ठूलो समस्या नाटक घरकै छ । तसर्थ, वर्षौंदेखि कर्मी चौतारीले आफ्नै नाटक घर निर्माणको अभियानसमेत सँगसँगै लिएर हिँडेको छ । ‘अझै पनि आफ्नै थियटर बनाउन पाए कम्तीमा पार्टी प्यालेसको हलमा चर्को भाडा तिरेर नाटक देखाउनुपर्ने बाध्यता त हट्ने थियो भन्ने लाग्छ’, उनी भन्छन्, ‘अझ गर्मीको मौसममा चितवनमा नाटक गर्न झन् समस्या छ ।’

नाटक जहाँ तयार भए पनि एउटा सहरसँग अर्को सहरको सम्बन्ध निर्माण गर्न र नाट्यकर्मीहरुबीचको सहकार्य सिर्जना गर्नका लागि पोखरा थिएटर बाहिर निस्कने प्रयास गरेको नाटकका निर्देशक परिवर्तनले बताए । नाटकमा चितवनका पाँचसहित २० जना कलाकारको प्रस्तुति देख्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *