दमौली । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ-पोखरा सडकखण्डको तनहुँको आँबुखैरेनी स्थित ऐना पहरा नजिकै ग.२ ख. १०७७ नम्बरको बस मर्स्याङ्दी किनारमा खसेको प्रहरीले जनाएको छ । बसमा सवार २ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको यतिबेला उद्वार कार्य भईरहेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।
यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

